सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा निर्णायक टी–२० क्रिकेट रद्द

15
Sana Kishan

वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँचौँ तथा निर्णायक टी–२० क्रिकेट रद्द भएको छ ।

पाँचौँ तथा अन्तिम निर्णायक खेल वर्षाको कारण रद्द भएपछि श्रृङ्खला २–२ को बराबरीमा सकिएको छ । चिन्न्यास्वामी स्टेडियम बेङ्ग्लोरमा टस हारेर ब्याटिङ गरेको भारतले ३ ओभर ३ बलमा २ विकेटको क्षतिमा २८ रन बनाएको थियो ।

Karnali Traders

श्रेयस ऐर र कप्तान ऋषभ पन्त क्रिजमा थिए । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन । भारतका इशान किशन ७ बलमा २ छक्कासहित १५ रनमा आउट भए । ऋतुराज गायकवाडले १२ बलमा १० रन जोडे ।

Nepali Khaja

दक्षिण अफ्रिकाको दुवै विकेट तीव्र गतिका बलर लुन्गी एनगिडीले लिए । पहिलो टी–२० मा दक्षिण अफ्रिका ७ विकेटले र दोस्रो खेलमा दक्षिण अफ्रिका चार विकेटले विजयी भएको थियो । श्रृङ्खलामा २–० को अग्रता लिए पनि त्यसपछि दुई खेल ४८ रन र ८२ रनले गुमाउँदै २–२ को बराबरीमा पुगेको थियो । उज्यालो  अनलाइन बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.