सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमेरिकाले नेपाली सेनामार्फत एसपिपी अघि बढाउन खोज्नु गम्भीर : पुन

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) नेपाली सेनामार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन्।

परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने कूटनीतिक प्रस्ताव सेनामार्फत आउनु गम्भीर भएको उनले बताए। ‘एसपिपी परराष्ट्र मन्त्रालयमार्फत आउनु पर्नेमा सेनामार्फत आउनु गम्भीर हो’, वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभावहरु शीर्षकमा मदन भण्डारी फाउण्डेसनले शनिबार राजधानीमा गरेको अन्तरक्रियामा पुनले भने, ‘अब यस्तो नहोरियोस्, यो नै अन्तिम पटक होस्।’

असंलग्न परराष्ट्र नीति अबलम्बन गर्दै आएको नेपाल कुनै पनि सैन्य रणनीतिक गठबन्धनमा संलग्न नहुन नसक्ने भन्दै उनले राजनीतिक नेतृत्वलाई बाइपास गरेर सैनिक नेतृत्वमार्फत एसपिपीको प्रस्ताव आउनुको कारण सबैले मिलेर खोज्नुपर्ने उल्लेख गरे। यद्यपि उनले नेपाली सेनाको व्यवसायिक निष्‍ठामा भने कुनै शंका नरहेको स्पष्ट गरे।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

तर, तत्कालीन सैनिक नेतृत्वले राजनीतिक नेतृत्वलाई छलेकामा भने उनले प्रश्न गरे। ‘नेपाली सेनाको व्यवसायिक निष्‍ठामा कुनै शंका छैन’, पुनले भने, ‘राजनीतिक नेतृत्वमार्फत आउनु पर्ने प्रस्ताव सेनामार्फत आउनु र राजनीतिक नेतृत्वलाई छलेर पटकपटक गरिएको पत्राचारलाई सामान्य रुपले हेरिनु हुँदैन।’ पुनले आफ्नो दल छिमेकी मुलुक वा कुनै पनि अन्तरराष्ट्रिय शक्तिविरुद्ध कुनै प्रकारको सैनिक गठबन्धनमा संलग्न हुने कुराको सदैव विपक्षमा रहेको भन्दै उनले एसपिपीबाट सरकार पछि हट्नुपर्ने बताए।​

एसपिपी कार्यान्वयनमा गइसकेको अमेरिकी दाबी र कार्यान्वयनमा नगएको भन्ने सरकारको दाबीबीच सत्यता जाँच्नुपर्ने उनले औँल्याए। पुनले एसपिपीलाई एमसिसीकै अंगका रुपमा व्याख्या गरिएकोमा आपत्ति जनाए। प्रतिनिधिसभाले एमसीसी अनुमोदन गर्दा आर्थिक साझेदारीका रुपमा मात्र स्वीकार गर्ने गरी १२ बुँदे व्याख्यात्मक घोषणा जारी गरिएको चर्चा गर्दै पुनले अन्यथा व्याख्या गरिए आफ्नो दल एमसिसीबाट पनि पछि हट्न सक्ने चेतावनी दिए।

पुनले राजनीतिक दलहरुबीच मुलुकको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिमा बेमेल रहेको भन्दै एसपीपी प्रकरणले ती दुई नीतिमा समान धारणाका साथ अघि बढ्न घच्घच्याएको बताए। पुनले पूर्वाधार विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेबाहेक अन्य प्रयोजनका लागि वैदेशिक सहायता र ऋण लिन बन्द गरिनुपर्नेमा पनि जोड दिए। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.