सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहिलो एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हरायो

पहिलो एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हराएको छ ।

गए राति भएको खेलमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई दुई सय ३२ रनले हराएको हो । जितसँगै तीन खेलको शृङ्खलामा इङ्ग्ल्यान्डले एक–शून्यको अग्रता बनाएको छ ।

Sana Kishan

इङ्ग्ल्यान्डले दिएको चार सय ९९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ ओभर ४ बलमा दुई सय ६६ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि स्कट एड्वाड्र्सले अविजित ७२ रन बनाए । त्यस्तै म्याक्स ओडेडले ५५ रन जोडे । इङ्ग्ल्यान्डका मोइन अलीले तीन तथा डेभिड विली, रिस टोप्ले र साम करनले दुई÷दुई विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ५० ओभरमा चार विकेट गुमाएर चार सय ९८ रनको कीर्तिमानी योगफल बनाएको थियो । इङ्ग्ल्यान्डले आफ्नै कीर्तिमान तोडेको हो । इङ्ग्ल्यान्डले यसअघि सन् २०१८ मा अस्ट्रेलियासँगको खेलमा चार सय ८१ रनको कीर्तिमानी योगफल बनाएको थियो ।

Dirghayu Ads

नेदरल्यान्ड्ससँगको खेलमा इङ्ग्ल्यान्डका तीन खेलाडीले शतक बनाए । जोस बटलरले नटआउट एक सय ६२, डेविड मलनले एक सय २५ र फिल साल्टले एक सय २२ रन बनाए । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.