सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

‘२०१५ मा एसपीपीका लागि पत्र लेख्दा मलाई कुनै जानकारी दिइएन’ : केपी शर्मा ओली

26
Sana Kishan

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पछिको विवाद स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विवादबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेका छन् ।

शुक्रबार स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले २०१५ मा एसपीपीका लागि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्र लेख्दा आफूलाई जानकारी नै नगराइएको बताए ।

Karnali Traders

‘हामीलाई कतै पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भए, २५ गते सपथ लिए । तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन्। प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छु । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’

Nepali Khaja

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले भ्रम फिँजाएर ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गरेर झूठो प्रचार गरेको पनि ओलीले बताए ।

उनले भने, ‘अस्तिमात्रै प्रचण्डले यो त केपी ओलीले गरेको भनेर भ्रम फिँजाए । झुठ र बेइमानीको पनि हद हुन्छ नि ! असोज ३ गते संविधान जारी भो । यो समय प्रधानमन्त्री र रक्षामन्त्री एकैजना हुनुहुन्थ्यो सुशिल कोइरालाजी । उहाँले रक्षामन्त्रीको हैसियतले निर्णय गर्नुभएछ र यो एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर आग्रह गर्ने निर्णय गर्नुभएको रहेछ ।’ उपहार खबर बाट सभार

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.