सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : एमाले अध्यक्ष केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकले आउँदो प्रदेश र संसदीय चुनावमा पार्टीलाई अधिक ठाउँमा विजयी गराउने जिकिर गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका कारण नागरिकले संसदीय चुनावमा पहिलो पार्टी बनाउने धारणा राख्नुभयो ।

Sana Kishan

अध्यक्ष ओलीले आउँदो संसदीय चुनावमा अन्य कुनै बामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउनुभएको छ । उहाँले देशमा एमाले मात्र बामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु बामपन्थी नभएको आरोप लगाउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेकपा एकीकृत (समाजवादी) का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले आफूलाई अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताउनुभयो ।

उहाँले स्थानीय पालिकाको चुनावले सबै चुनावको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गर्नुभयो। उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.