सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा आज नेपाल र यूएई खेल्दै

113
Sana Kishan

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ ।

मलेसियाको यूकेएम ओभलमा खेल बिहान ११ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो ।

Arus
Karnali Traders

त्यस्तै पहिलो खेलमा यूएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । छनोटमा नेपालसहित, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । छनोटमा शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्व कपमा पुग्नेछ ।

नेपालले सोमवार भुटान, मङ्गलवार थाइल्यान्ड र बिहीवार मलेसियासँग खेल्नेछ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.