सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशमा यो वर्ष पनि रासायनिक मलको चरम अभाव

125
Sana Kishan

सुदूरपश्चिम प्रदेशमा यो वर्ष पनि रासायनिक मलको चरम अभाव देखिएको छ। किसानले धानखेती लगाउने समय शुरु हुँदा पनि प्रदेशका किसानले मल पाउन नसकेका हुन्। अहिले प्रदेशमा धानखेतीका लागि आवश्यक पर्ने डिएपी र युरिया मलको अभाव देखिएको छ।

खेती लगाउने समय शुरु हुँदा पनि प्रदेशमा मल पुगेको छैन। जसका कारण किसानले हैरानी खेप्नुपरेको छ। बढी धान उत्पादन हुने कैलालीमा मलको अभाव बढी छ। मल अभावकै कारण उत्पादन पनि घट्ने किसान तथा परिश्रम कृषि सहकारी संस्थाका व्यवस्थापक रामसमझ चौधरीले बताए। ‘मल नपाएर किसान हैरान भएका छन्’, उनले भने, ‘सहकारी सञ्चालक नै मल ल्याउन भैरहवा पुगेका छन्।’

Arus

मल आपूर्ति गर्ने जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनको हो। ती निकायसँग अहिले मलको मौज्दात छैन। वर्षे सिजनमा नेपालभरका लागि यो वर्ष १ लाख ४२ हजार मेट्रिक टन मलको आयात हुने बताइएको छ। जसको ४२ हजार मेट्रिक टन साल्ट ट्रेडिङ र बाँकी कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने जिम्मा पाएको छ।

Karnali Traders

जम्मा आयात हुने मलको ९ प्रतिशत अर्थात् १२ हजार मेट्रिक टन मात्रै सुदूरपश्चिमका लागि निर्धारण गरिएको छ। तर सुदूरपश्चिममा मलको माग करिब ६० हजार मेट्रिक टन हुने गरेको छ। जसकारण किसानलाई मलको चरम अभाव हुने गरेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका निमित्त महाप्रबन्धक केशवप्रसाद पाण्डेले आफ्नो कोटामा परेको मल असारमा पुग्ने बताए। ‘असारसम्म भैरहवा नाकामा मल आइपुग्छ’, उनले भने, ‘त्यहाँबाट कसरी ल्याउने  भन्नेबारे छलफल भइरहेको छ।’

धानखेतीका लागि सुदूरपश्चिमले पाएको २ हजारभन्दा बढी मेट्रिक टन डिएपी मल भैरहवामै रहेको छ। जसमध्ये सुदूरपश्चिमको सबैभन्दा बढी धानखेती हुने कैलालीका लागि १ हजार २ सय मेट्रिक टन मात्रै निर्धारण गरिएको छ। भैरहवा नाकामा कैलालीका लागि मल आए पनि इन्धनको मूल्यवृद्धिका कारण ढुवानी गर्न नसकिएको भन्दै सम्बन्धित निकाय पन्छिरहेका छन्। उल्टै भैरहवाबाट १ हजार मेट्रिक टन मल ढुवानी गर्न सहकारी संस्थालाई नै अनुमति दिइएको छ।

अहिले सहकारी सञ्चालकहरू नै उक्त मल ढुवानी गर्नका लागि भैरहवा पुगेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए। ‘सहकारीलाई मल ल्याउन हामीले नै अनुमति दिएका हौं। डिएपी र युरिया मलको मौज्दात छैन। भैरहवाबाट मल पुगेपछि केही सहज हुन्छ,’ उनले भने।

साल्ट ट्रेडिङले आफ्नो कोटामा परेको मल भने असार पहिलो सातासम्म मात्रै पुग्ने जनाएको छ। मलको सहज आपूर्ति नभएपछि कैलालीका किसान सीमावर्ती भारतीय बजार समेत धाउन बाध्य छन्। टेकसिंह​ धामीले थाहा खबरमा लेखेका छन

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.