सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मौसम सफा नभई आन्तरिक उडान अनुमति नदिने निर्णय लागू गरेसँगै उडान प्रभावित

196
Sana Kishan

नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो ।

भनेकै समयमा मौसमसम्बन्धी जानकारी नपाएपछि बिहीबार यति एयरलाइन्सका १० वटा उडान रद्द भएका छन् । काठमाडौँबाट बिरामी बोकेर ओखलढुङ्गा र पोखरा जानुपर्ने हेलिकप्टरले समेत उडान भर्न पाएनन् । प्रतिकूल मौसमकै कारण बिहीबार नेपाल वायुसेवा निगमका दुई, बुद्व र समिटको एउटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । उड्न नपाउँदा यात्रु दिनभरिको प्रतीक्षापछि घर फर्किनुपरेको छ ।

Arus
Karnali Traders

विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले प्राधिकरणले निर्णय गरे पनि मौसम पूर्वानुमान महाशाखासँग कुनै समन्वय नहुँदा पहाडी र हिमाली क्षेत्रमा हुने आन्तरिक उडान पूर्ण रूपमा प्रभावित भएको बताउनुभएको छ । उहाँले समन्वयकै अभावले बिहीबार तारा एयरको काठमाडौँबाट लुक्ला विमानस्थलका लागि तय भएका पाँचवटा र नेपालगञ्जबाट जुफाल (डोल्पा), सिमकोट (हुम्ला), कोल्टी (बाजुरा), जुम्ला र ताल्चा (मुगु) विमानस्थलका लागि तय भएका उडान रद्द भएको बताउनुभयो । मौसमसम्बन्धी समन्वयकै अभावले तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान एक साताका लागि बन्द गरिएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जेठभित्रै नेपालमा मनसुन सक्रिय हुनसक्ने देखिएकाले थप उडान प्रभावित हुने चिन्ता व्यक्त गर्नुभयो ।

विमानस्थलको टावरले मौसम तथा हवाई मौसम शाखाले मौसम सफा भएको पुष्टि नगरेसम्म उडान अनुमति नदिने र यात्रुले समयमै किन जानकारी नगराएको भन्ने जवाफ खोज्दा एयरलाइन्सहरू थप समस्यामा पर्न थालेको उहाँले बताउनुभयो । उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.