सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बजेटले अर्थतन्त्रलाई थप चलायमान बनाउने अपेक्षा गर्न सकिन्छ : गगन थापा

87
Sana Kishan

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा आ.व. २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताएका हुन्।

उनले बजेटले उपयुक्त प्राथमिकता, गती र दृष्टिकोण समातेको बताए। उनले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठिक ढंगले भएको उल्लेख गरे।

Arus
Karnali Traders

‘व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ। उत्पादकत्व बढाउनुपर्ने छ। त्यसैले आयातबाट उत्पादनतर्फको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ’ उनले भने, ‘उत्पादनमा आधारित अर्थतन्त्र भनेर यसले उद्देश्यपनि स्पष्ट लिएको छ। यसको लागि प्राथमिकतामा कृषि नै रहनुपर्थ्यो। स्रोत विनियोजन पनि ठिक छ। उपयुक्त कार्यक्रमहरु छनौट भएको छ। मुलत्ः व्यापार घाटा घटाउने कुराको सन्दर्भमा यसले सही दिशा पक्रेको छ।’

बजेटमा नीजि क्षेत्रको संस्थागत मागहरुलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताए। बजेटले पेट्रोलियम पदार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको उनले बताए।

‘नीजि क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिन मानेर नीजि क्षेत्रका विभिन्न संघ, संस्थाले दिएको मागहरुको यो पटक यथोचित सम्बोधन भएको छ। चाहे त्यो जग्गाको हदबन्दी सम्बन्धी विषय होला। चाहे लिजमा दिने कुरा होला। चाहे कर्जा प्रवाहको कुरा होला। चाहे वैदेशिक लगानीको कुराहरु होला’ उनले भने, ‘नीजि क्षेत्रका संस्थागत मागहरुको सम्बोधन भएको छ। अर्थतन्त्रलाई थप चलायमान बनाउने कुराको अपेक्षा गर्न सकिन्छ।’ उनले बजेटले समयको मागलाई सम्बोधन गरेको बताए। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.