सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जति धेरै राजनीतिक दल, त्यति धेरै अस्थिरता : शंकर पोखरेल

80
Sana Kishan

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

आज बिहीवार नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताउनुभएको हो । उहाँले दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताउनुभयो । उहाँले जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने बताउनुभयो ।

Arus

देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरूको निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताउनुभयो ।

Karnali Traders

उहाँले भन्नुभयो, ‘दुनियाँमा कहीँ पनि गठबन्धनले देश बनाएको, दलहरू मिलेर देश बनाएको भन्ने कुरा हामीले सुन्दैनौँ । देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ । गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन । आज देशको राजनीतिलाई गठबन्धनतर्फ लाने कोसिस भएको छ, यो राष्ट्र निर्माणको बाटो होइन । प्राविधिक रूपमा जित हासिल गर्नका लागि गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट देश बन्न सक्दैन । जति धेरै राजनीतिक दल त्यति धेरै अस्थिरता । जति धेरै राजनीतिक दल त्यति धेरै वैदेशिक हस्तक्षप । यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो ।’

महासचिव पोखरेलले भन्सार नीतिमा गरिएको हेरफेरका कारण विदेशी मुद्राको सञ्चीतिमा गिरावट आएको बताउनुभयो । व्यापारीहरूले आयातमुखी नीति फेरि नआउने ठानेर अस्वाभाविक रूपमा आयात गरेका कारण विदेशी मुद्राको सञ्चीतिमा ह्रास आएको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले सरकारले हुन्डी कारोबारीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको बताउनुभयो । रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउन छाडेको उल्लेख गर्दै उहाँले बैंकिङ नीतिलाई प्रभावकारी बनाउन सकेको भए त्यसो नहुने धारणा राख्नुभयो । सरकारले स्रोत नखुलेको लगानी भित्राउने नीति अगाडि बढाएसँगै बजारबाट पैसा हराएको उहाँको भनाइ छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.