सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कृषि क्षेत्रमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम हो : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रमा ३२ प्रतिशतले वृद्धि हुनु क्रान्तिकारी कदम भएको बताउनुभएको छ ।

आज मङ्गलवारको प्रतिनिधि सभा बैठकमा आ. व. २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद पुनले आउँदो बजेटमा कृषि क्षेत्रले संरचनागत परिवर्तनको दिशा समातेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा ३२ प्रतिशतले बजेट वृद्धि हुनु क्रान्तिकारी कदम भएको बताउनुभयो ।

Sana Kishan

सांसद पुनले कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण गर्दै उत्पादन वृद्धिको कुरा बजेटमा समेटिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘वर्षैभरि काम गर्ने तर खान पनि नपुग्ने अवस्थालाई अन्त्य गर्नका लागि कृषि क्षेत्रको आधुनिकीकरणको कार्यक्रम आएको छ । कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने कुरा आएको छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायिकरण गर्ने कुरा बजेटले गरेको छ । कृषिमा ३२ प्रतिशतले बजेट वृद्धि आफैँमा एउटा क्रान्तिकारी कदम नै हो ।’

World Link Ads
Mahakali Polytechnic

उहाँले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायीकरण गर्दै त्यसको नेतृत्व गर्ने जिम्मा संघ, प्रदेश र स्थानीय तहलाई दिने कुरा नयाँ विषय भएको बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.