सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज जेठ १५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

171
Sana Kishan

पञ्चाङ्ग
वि.सं. जेठ १५, २०७९ । ई.सं. २९ मे २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । आइतबार ज्येष्ठ कृष्णपक्ष । तिथि–चतुर्दशी, १४ः३९ बजे उप्रान्त औंसी । नक्षत्र– कृत्तिका, ३०ः५८ बजे उप्रान्त रोहिणी । योग– अतिगण्ड, २३ः१५ बजे उप्रान्त सुकर्मा । करण– शकुनि १४ः३९ बजेदेखि चतुष्पद, २७ः१७ बजे उप्रान्त वव । चन्द्रराशि मेष । आनन्दादि योग धुम्र । दिनमान ३४।१२ । सूर्योदय ५ः११ । सूर्यास्त १८ः५२ । निशि बार्ने, वटसावित्रीव्रत, गणतन्त्र दिवस ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।

Arus

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजारको कारोबारमा मन्दी आउने र कार्यमा व्यवधान आइपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रणयसम्बन्ध कसिलो हुने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दिनको उत्तरार्धमा अनावश्यक खर्च बढ्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन प्रसन्न रहने र स्वादिष्ट परिकारको अवसर जुर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम अनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

Karnali Traders

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभ कार्य र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज घुमफिर र मनोरञ्जन हुनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर क्रोध भाव बढ्नसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अरुलाई प्रभावित पारेर काम बन्ने र धनागम हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धार्मिक र सांस्कृतिक कार्यमा मन जानेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अधुरो व्यावसायिक काम अगाडि बढ्न सक्छ, तर शेयर बजारको कारोबारमा मन्दी आउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । धार्मिक यात्रा हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.