सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राजस्थान आईपीएल क्रिकेटको फाइनलमा

121
Sana Kishan

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा गएराति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनल पुगेको हो ।

बेङ्ग्लोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । राजस्थानका जोस बट्लरले अविजित १ सय ६ रनको शतकीय पारी खेले । कप्तान सञ्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए ।

Arus
Karnali Traders

बेङ्ग्लोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरङ्गा डी सिल्भाले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । बेङ्ग्लोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय पारी खेले ।

कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३÷३ विकेट लिए । अब भोलि हुने फाइनलमा राजस्थान र गुजरात टाइटन्स खेल्ने भएका छन् । गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगेको थियो । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.