सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एक महिनाभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउन सरकारलाई निर्देशन

संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र गरी सम्पन्न गरी विद्यार्थीको हातहातमा पु¥याउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज बुधवारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीको हातहातमा पु¥यायउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो । छापिएको पुस्तक पनि तत्काल विद्यार्थीलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।

Sana Kishan

समितिले ३५ लाख बाँकी पुस्तक छपाइको काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको छ । सभापति घर्तीले भन्नुभयो, ‘छापिएका पुस्तकलाई तत्काल पु¥याउनु प¥यो । छाप्न बाँकी रहेका पुस्तक एक महिनाभित्र छापेर विद्यार्थीको हातमा पु¥याउन समिति सरकारलाई निर्देशन दिन चाहन्छ ।’

World Link Ads
Mahakali Polytechnic

समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाइको काम प्रदेश सरकार र वितरणको काम पालिकालाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ । सरकारी विद्यालयमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले प्रदेश सरकारलाई छपाइ र सम्बन्धित पालिकालाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति घर्तीले बताउनुभयो ।

उहाँले पाठ्यपुस्तक समेत समयमा पुग्न नसकेको कारण सरकारी विद्यालय नै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता छाएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.