सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्वजनिक यातायातको भाडा फेरी बढ्यो

180
Sana Kishan

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी अन्तर प्रदेश चल्ने सवारी साधनको भाडा वृद्धि गरिएको जानकारी दिएको छ।यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो ।

विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएको छ।यात्रुवाहक सवारीसाधनमा २.१ प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर रु १० वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

Arus
Karnali Traders

पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा २.७ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ३ प्रतिशत भाडा बढाइएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.