सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचन परिणाम सन्तोषजनकः काँग्रेस

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक रहेको बताएको छ ।

७५३ पालिकामध्ये ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख कांग्रेसले जितेको छ । ‘समग्रमा निर्वाचन परीणाम सन्तोषजनक रुपमा लिएका छौं । धेरै ठूलो सफलता हासिल गरेका छौं’ सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, यदि पार्टीमा अन्तर्घात नभएको भए ४०० नजिक जित पु¥याउन सक्थ्यौं भन्ने अनुमान छ ।’

Sana Kishan

देशभरका कुल नगरपालिकामध्ये झण्डै ५० प्रतिशतमा कांग्रेसले जितेको भन्दै उनले अघि भने, ‘झण्डै आधा ठाउँमा हामीले विजय हासिल ग¥यौं भन्ने आधार प्रशस्त छ ।’

World Link Ads
Mahakali Polytechnic

चुनावमा सत्तारुढ गठबन्धनका सहयोगी दलहरुले पनि उल्लेख्य सफलता पाएको देखिएको कांग्रेसले बताएको छ । यसले आगामी निर्वाचनमा गठबन्धनलाई मजबुत बनाउने आधार समेत बनाएको कांग्रेस प्रवक्ता डा. महतले बताए । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.