

बैतडी – स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिको पदस्थापन कार्य जारी सँगै २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल समाप्त भएको छ। हरेक क्षेत्रमा भष्ट्राचारले जरा गाडेको अवस्थामा बिदाई भएर जाने र नव निर्वाचित हरेक जनप्रतिनिधिको सम्पत्ति छानबिन हुनुपर्ने युबा समाजसेवी भोजराज जोशी (क्वालिटी) बताउँछन्। विकासका कार्य नभई आसेपासे पाल्ने र आफ्नै भुँडी भर्ने प्रवृत्ति जताततै मौलाएपछि कसैप्रति आँखा चिम्लेर विश्वास गर्न नसकिने उनको भनाई रहेको छ। विगतको सम्पत्ति र अहिलेको सम्पत्तिलाई मूल्यांकन गरी अवैध ठहरिएमा कारवाही हुनुपर्ने उनको भनाई छ । जन प्रतिनिधि शासक नभई जनताको सेवक हुनुपर्ने र हरेक कार्य पूर्ण रूपमा पारदर्शी तथा जनताको हितमा हुनुपर्ने उनी बताउँछन ।
