सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको छ : शेखर कोइराला

113
Sana Kishan

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको बताएका छन्।

अघिल्लो चुनावमाभन्दा यसपटक कांग्रेस बलियो बनेको तथ्यांकले देखाइरहँदा नेता कोइरालाले भने एक्लै चुनाव लडेको भए अहिलेभन्दा अझै धेरै स्थानमा जितको सम्भावना रहेको दाबी गरेका हुन्।

Arus

‘अहिलेसम्म जितेका ६० प्रतिशत स्थानीय तह कांग्रेस एक्लैले जितेको हो’, कोइरालाले सेतोपाटीसँग भने, ‘बाँकी ४० प्रतिशत गठबन्धनको बलमा जितेको हो । यदि गठबन्धन थिएन भने कांग्रेसले अरू धेरै सफलता पाउने थियो।’

Nepali Khaja
Karnali Traders

नेता कोइराला सुरूदेखि नै कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने अडानमा थिए । गठबन्धनमा रूचि नभएकै कारण उनको गृहजिल्ला मोरङमा कांग्रेसले तालमेल गरेन । तालमेल नगरी चुनावमा गएको कांग्रेसले मोरङका धेरै स्थान गुमाएको छ ।

तालमेल गरेको विराटनगरमा कांग्रेस विजेता हुँदा तालमेल नगरेको उर्लाबारी, लेटाङ, बेलबारी, पथरी शनिश्चरेसहितका दुई गाउँपालिका जितिसकेको छ । रंगेली र सुन्दरहरैंचामा पनि एमालेकै अग्रता छ । कांग्रेस भने रतुवामाई नगर र विराटनगरमा सीमित भएको छ।

मोरङमा भोगेको असफलतालाई भने कोइरालाले स्वीकार गरे।

‘गठबन्धन नहुँदा मोरङमा केही स्थान हामीले लुज गर्यौं’, कोइरालाले भने, ‘तर, देशव्यापी रूपमा हेर्दा गठबन्धन नभएकै ठाउँमा हामीले धेरै जितेका छौं।’ उपहार खबर बाट सभार

 

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.