सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाँचौ तथा अन्तिम टी–२० मा नेपालले युगाण्डाको महिला टोलीलाई ३३ रनले हरायो

युगाण्डासँगको पाँचौ तथा अन्तिम टी–ट्वेण्टी क्रिकेट नेपाली राष्ट्रिय महिला टोलीले जितेको छ । नेपालले आज युगाण्डालाई ३३ रनले हरायो ।

Sana Kishan

नेपालले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ नेपालका सीता रानामगर र इन्दु बर्माले २÷२ तथा अस्मिना कर्माचार्य र हिरान्मायी रोयले एक÷एक विकेट लिए ।

यसअघि त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनायो । नेपालको लागि ज्योती पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । युगाण्डाले यसअघि नै श्रृंखला जितेको छ । युगाण्डाले पहिलो, दोस्रो र तेस्रो खेल जितेको थियो । नेपालले हिजो भएको चौंथो खेलमा युगाण्डालाई १५ रनले हराएको थियो । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.