सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै

127
Sana Kishan

काठमाण्डौ – ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् । अरु पाँच महानगरपालिकाको मतगणना भइरहेको छ । पछिल्लो परिणाम यस्तो छ ः

काठमाण्डौ महानगरपालिका :
स्वतन्त्र बालेन्द्र साह : ३१ हजार १५
एमालेका केशव स्थापित : १६ हजार ५ सय २७
कांग्रेसकी सिर्जना सिंह : १६ हजार २ सय २४

उपमेयरमा एमाले सुनिता डङ्गोल २६ हजार ५ सय ७५ मतसहित अग्रस्थानमा कायमै

Nepali Khaja

भरतपुर महानगरपालिका
माओवादी केन्द्रकी रेनु दाहाल : २४ हजार ६ सय ६०
एमालेका विजय सुवेदी : २० हजार ६ सय ६३

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ ।

पोखरा महानगरपालिका
एकीकृत समाजवादीका धनराज आचार्य : ३१ हजार ५ सय १७
एमालेका कृष्णबहादुर थापा : २८ हजार २ सय २२

Karnali Traders

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङको अग्रता छ ।

ललितपुर महानगरपालिका
कांग्रेसका चिरीबाबु महर्जन : २२ हजार ८ सय २०
एमालेका हरिकृष्ण व्यञ्जनकार : १३ हजार १ सय २४

उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यको अग्रता छ ।

वीरगञ्ज महानगरपालिका
जनता समाजवादी राजेशमान सिंह : २४ हजार ३ सय १६
एमाले विजय सरावगी : १२ हजार ४ सय ८९

उपमेयरमा कांग्रेसका इम्तियाज आलमको अग्रता छ ।

 

(उज्यालो अनलाइन बाट सभार)

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.