सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बेदकोटका निवर्तमान मेयर चन्दले गरे सम्पति विवरण सार्वजनिक

882
Sana Kishan

कञ्चनपुरको बेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् । शुक्रबार निवर्तमान मेयर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन् ।
चन्दले नगरको संस्थापक प्रथम (पहिलो) नगर प्रमुख पदमा विजय गराई समग्र नगरबासीको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण नगरबासीहरुलाई धन्यवाद समेत दिएका छन् ।

चन्दले १५०० नगद र १ लाख २ हजार ७ सय ६५ रुपैया १० पैसा एनआइसी एसिया बैंकमा बैंक खातामा रहेको जानकरी दिएका छन् ।

Arus
Karnali Traders

सम्पत्ति विवरण
२०७४ असार २० गते नगर प्रमुखमा निर्वाचित भई २०७९ जेठ ५ गतेसम्ममा पदमा बहाल रहेपछिको सम्पत्ति विवरण ।
अचल सम्पत्तिकोे विवरण
१–बेदकोट नगरपालिका वडा नं. ४ विजयनगर (बगुन) मा पक्की घरसहित ३ बिघा जग्गा सगोलमा रहेको
स्रोत : पैत्रिक सम्पत्ति
२–बेदकोट नगरपालिका–३ दैजीमा ३ कठ्ठा जग्गा र पक्की घर । स्रोत ः श्रीमती विन्देश्वरी चन्द (शिक्षिका) को तलबबाट २०६७ सालमा खरिद गरी घर निर्माण भएको ।
३–बैतडी जिल्ला साबिक भौनेली गाबिस (हाल सुर्नया गाउँपालिका) मा ४ ठाउँमा रहेको घर समेत गरी ३८ रोपनी आठ आना जग्गा रहेको ।
स्रोत : पैत्रिक सम्पत्ति ।
सवारी साधन
१– दुई वटा मोटरसाइकल ।
२–एउटा स्कुटी ।
चल सम्पत्तिको विवरण
नगद, सुन, चाँदी
सुन १० तोला
चाँदी ३२ तोला स्रोतः पैत्रिक सम्पत्ति
नगद १५,०००÷–
बैंक खाता : एनआइसी एसिया बैंकमा १ लाख २ हजार ७ सय ६५ रुपैया १० पैसा बैंक खातामा रहेको ।
अशोक कुमार चन्द
निवर्तमान नगर प्रमुख
बेदकोट नगरपालिका, कञ्चनपुर

Nepali Khaja

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.