
काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार पाँच सय २९ मतको अग्रता लिइरहनुभएको छ ।
अहिलेसम्म ८० हजार ९६ मतगणना हुँदा साहले २९ हजार ६ सय ७९ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार एक सय ५० मत प्राप्त गर्नुभएको छ ।


यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा यथावत् हुनुहुन्छ । उहाँले अहिलेसम्म १५ हजार दुई सय ६२ मत ल्याउनुभएको छ ।
उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । डंगोलले २९ हजार सात सय सात मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले नौ हजार ६ सय २१ मत प्राप्त गर्नुभएको छ । डंगोल श्रेष्ठ भन्दा २० हजार ८६ मतले अघि हुनुहुन्छ । उज्यालो अनलाइन बाट सभार
