सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आयात प्रतिस्थापन रोक्न कृषि सरकारको प्राथमिकतामा : अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापन रोक्न कृषिलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन्।

संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै अर्थमन्त्री शर्माले राष्ट्रलाई आत्मनिर्भर बनाउन पनि कृषिमा जोड दिने सरकारको योजना रहेको बताएका हुन्।

उनले भने, ‘कृषिलाई प्राथमिकता दिएर जाने सरकारको योजना छ। हाम्रो आफ्नो खाद्य वस्तु यही उत्पादन गर्नुपर्छ। आयात प्रतिस्थापन गर्छ। आजको आर्थिक समृद्धि कसका लागि? प्राथमिकता के का लागि? गरिबी, विभेद र असमानताका विरुद्ध नै हो।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

आयात वृद्धि भइरहेको र घरआँगनमा उत्पादन गर्न सकिने वस्तुको आयात पनि वृद्धि भइरहेको भन्दै उनले यसलाई रोक्नुपर्ने आवश्यकता औल्याए।

मन्त्री शर्माले भने, ‘कोभिड महामारी, बेमौसमी वर्षा, रुस र युक्रेनको युद्धले मूल्य श्रृखंलामा पारेको प्रभावले गर्दा पनि अर्थतन्त्रमा समस्या भयो। यी तीन वटा चुनौतिका बाबजुत हाम्रो कुल ग्राह्स्थ उत्पादन जीडीपी वृद्धि भएको छ। आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने अनुमान सार्वजनिक भएको छ। समस्याका बाबजुत पनि सबै जबाफदेही भयौं भने देशको आर्थिक गति तीव्र गतिमा अघि बढ्ने सम्भावना छ।’

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म १६ सय ५ अर्बको आयात भएको र १७३ अर्बको निर्यात भएको उनले बताए। अहिलेको चालु खाता ५१३ अर्बले घाटामा रहेको उनले जानकारी गराए। अन्नपूर्ण पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.