सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाँच वर्षमा वैदेशिक ऋण ९ खर्बबाट बढेर १८ खर्ब पुग्यो : पूर्वअर्थमन्त्री वर्षमान पुन

माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटमा आयात प्रतिस्थापन गर्ने र उत्पादन वृद्धि गर्ने विषयलाई समेट्नुपर्ने बताएका छन् ।

संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद तथा पूर्वअर्थमन्त्री पुनले आयातमुखी अर्थतन्त्रलाई घटाउन कृषि र उर्जा क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने बताए।

पूर्वअर्थमन्त्री पुनले पछिल्लो पाँच वर्षमा वैदेशिक ऋणको भार झण्डै दोब्बरले वृद्धि भएको बताएका छन् । उनले भने, ’विदेशी ऋण र सहायता परिचालनको विषय उठ्ने गर्छ । पाँच वर्षअघि ऋण करिब ९ खर्ब थियो भने अहिले १८ खर्ब पुगेको छ । कुल ग्राहस्त उत्पादनको २५ प्रतिशत हाराहारीमा रहेको ऋण अहिले ४० प्रतिशतभन्दा माथि पुगिसकेको छ ।’

World Link Ads
Mahakali Polytechnic

आयात प्रतिस्थापन गर्न सक्ने प्रतिस्पर्धात्मक क्षेत्र कृषि नै रहेको उनले बताए । उनले भने, ’६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा रहेको छ । र, त्यसलाई प्रोत्साहन गर्ने वित्तिकै दशौं लाखको रोजगारी सृजना पनि गर्न सक्छौं । र, आयात प्रतिस्थापन पनि गर्न सक्छौं । जसले गर्दा व्यापार घाटाको सन्तुलन पनि हुन्छ । विदेशी मुद्राको सञ्चिती पनि बढाउँछ ।’

Sana Kishan

पुनले कूल ग्राहस्थ उत्पादनको ४० प्रतिशत वैदेशिक ऋणको ब्याजमा जाने भन्दै यस्तै अवस्था रहिरहे नेपाली अर्थतन्त्र संकटमा पर्न सक्ने चेतावनी दिए । कूल ग्राहस्थ उप्पादनभन्दा बढी वैदेशिक ब्याज भुक्तानी बढी भएकाले श्रीलंकाको अर्थतन्त्र धारासायी हुन पुगेको चर्चा गर्दै पुनले नेपाललले त्यसबाट समयमै पाठ सिक्नुपर्ने बताए ।

पुनले विदेशी मुद्रा सञ्चिती कम हुनुका कारणमध्ये वैदेशिक ऋण बढ्नु मुख्य कारण रहेको औंल्याए । पुनले अर्थतन्त्र उकास्न आगामी आर्थिक वर्षको बजेटमा कृषिमार्फत रोजगारी श्रृजना गर्ने कार्यक्रम प्राथमकितामा राख्न अर्थमन्त्रीलाई आग्रह गरे ।

विद्युतीय सामग्रीको प्रयोगले ग्यास तथा पेट्रोलियम पदार्थको आयात घट्ने र वैदेशिक मुद्रा सञ्चितीको अवस्थामा सुधार आउने उनको भनाइ थियो ।

कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रमा गम्भीर असर पारेको र रुस–युक्रेन युद्धले विश्वको वितरण प्रणालीमा असन्तुलन पैदा गरेको भन्दै पुनले सरकारले उक्त विषयलाई गम्भीर रुपमा लिएर आर्थिक नीति तय गर्नुपर्ने बताए । अन्नपूर्ण पोस्ट बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.