सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बालेन शाहलाई ११ हजार ३२९ मतको अग्रता

124
Sana Kishan

काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र (बालेन) शाहको अग्रता कायमै छ । अहिलेसम्म ६१ हजार तीन सय १५ मत गन्दा शाहले ११ हजार तीन सय २९ मतको अग्रता लिइरहनुभएको छ ।

शाहले २४ हजार तीन सय ३४ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार नौ सय ९५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गर्नुभएको छ ।

Karnali Traders

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता लिइरहनुभएको छ । डंगोलले अहिलेसम्म २४ हजार एक सय एक मत प्राप्त गर्नुभएको हो । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार ६ सय ७४ मत प्राप्त गर्नुभएको छ । राप्रपाकी बिनिता मगैयाले पाँच हजार तीन सय ५२ मत प्राप्त गर्नुभएको छ ।

Nepali Khaja

(उज्यालो अनलाइन बाट सभार)

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.