सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाँच सय ८१ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक

Far weast coaching ad
153
Sana Kishan

पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म पाँच सय ८१ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म नेपाली कांग्रेस दुई सय ५३ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८६ नगरपालिकाको मेयर र एक सय ६७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै कांग्रेसले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी दुई सय ३६ पद जितेको छ ।

Arus

एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५३ वटा नगरपालिकाको मेयर र एक सय नौ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ६२ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी एक सय ७५ पद जितेको छ ।

Karnali Traders

नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८९ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय पाँच वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले नगरपालिकाको उपमेयर र गाउँपालिकाको उपाध्यक्ष गरी एक सय १२ वटा पद जितेको छ ।

नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकासहित १३ वटा प्रमुख पदमा जितेको छ । त्यस्तै एकीकृत समाजवादीले उपमेयर र गाउँपालिका उपाध्यक्षमा १७ पद जितेको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १४ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १४ वटै पालिका उपाध्यक्ष जितेको छ । यस्तै स्वतन्त्र र अन्य दलले गरी ३४ वटा पालिकामा मेयर÷अध्यक्ष जितेका छन् भने २६ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.