सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कृष्णपुर नगरपालिका २ मा माओवादी केन्द्रबाट साउद वडा अध्यक्षमा विजयी

159
Sana Kishan

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ । कृष्णपुर नगरपालिका २बाट माओवादी केन्द्रको जित शुरुवात भएको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका उम्मेदवार अर्जुन साउद कृष्णपुर २को वडाध्यक्षमा निर्वाचित भएका छन ।

Karnali Traders

माओवादीका उम्मेदवार साउदले एमालेका जयनारायण जोशी र काँग्रेसका बीर ब. चन्दलाई उछिन्दै वडाध्यक्षमा निर्वाचित भएका हुन । साउदले एमालेका जोशी र काँग्रेसका चन्दलाई भन्दा ३ सय मतको हाराहारीमा पछाडी पारेका थिए । माओवादीका साउदले १ हजार ३७५ , काँग्रेसका चन्दले १ हजार १६ र एमालेका जोशीले १ हजार ३० मत ल्याएका थिए ।

Arus

नेकपा माओवादी केन्द्र कञ्चनपुरका चर्चित युवा नेता एव प्रदेश सदस्य साउदले वडा जितेसंगै वडाको दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन । उक्त वडामा ४ हजार ३६०मत खसेका थिए । उक्त वडा यस अघि एमालेले जितेको थियो ।

 

 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.