सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

महोत्तरीमा मतगणना सकेर परिणाम घोषणा भइसकेपछि सिल नै नखोलेको मतपेटिका भेटियो

133
Sana Kishan

महोत्तरीमा मतगणना सकेर परिणाम समेत घोषणा भइसकेपछि एउटा मतपेटिकाको मत गन्नै बाँकी भएको पाइएको छ ।

बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मत गणना सकेर परिणाम घोषणा भइसकेपछि मतपत्रले भरिएको र सिल नै नखोलिएको मतपेटिका भेटिएको हो ।

Arus

बर्दिबासको वडा नम्बर ८ को बेलगाछीको २ वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को छुटेको हो । छुटेको मतपेटिका अर्कै वडाका मतपेटिकाहरूसँग राखिएको पाइएको हो ।

Nepali Khaja
Karnali Traders

वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसी सहमति गरिनेछ । छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवासको मत गणना वडा नम्बर ८ बाटै सुरु भएको थियो । निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा विजयी भएको घोषणा गरिसकेको छ ।

 

(डिसी नेपाल बाट सभार)

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.