सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौँ महानगर – बालेन शाहले २० हजार मत कटाए, स्थापित साढे ९ हजार मत भन्दा धेरैले पछाडी

काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार मत कटाउनु भएको छ ।

Sana Kishan

महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४ सय ८९ मत गन्दा बालेन शाहले २० हजार ६ सय ७९ मत प्राप्त गर्नु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा ९ हजार ५ सय ७६ मतले अगाडि हुनुुहुन्छ । स्थापितले अहिलेसम्म ११ हजार १ सय ३ मत प्राप्त गर्नु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५ सय ५६ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उहाँले अहिलेसम्म २० हजार ७ सय ३ मत ल्याउनु भएको छ। एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ५ सय ३३ मत पाउनु भएको छ। उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.