सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

४५० स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडी, अरु दलको कति ?

Far weast coaching ad
244
Sana Kishan

पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म चार सय ५० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय पाँच वटा पालिकाको प्रमुख पदमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ ।

एक सय १५ वटा नगरपालिका र तीन सय ३५ वटा गाउँपालिका गरी चार सय ५० वटा पालिकाको नतिजा सार्वजनिक भएकोमा कांग्रेस ६२ वटा नगरपालिका र एक सय ४३ वटा गाउँपालिकाको प्रमुख पदमा विजयी भएको हो । यस्तै कांग्रेसले अहिलेसम्म ५२ वटा नगरपालिकाको उपमेयर, एक सय ४७ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार २० वटा वडाको वडाध्यक्ष पद जितेको छ ।

Arus
Karnali Traders

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३२ वटा नगरपालिकाको मेयर र ९३ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय २५ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ३७ वटा नगरपालिकाको उपमेयर, ९१ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार पाँच सय ७५ वटा वडाको अध्यक्ष पदमा जित निकालेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म १२ वटा नगरपालिका र ७७ वटा गाउँपालिकाको अध्यक्ष गरी ८९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादी केन्द्र १९ वटा नगरपालिकाको उपमेयर, ७८ वटा गाउँपालिकाको उपाध्यक्ष र आठ सय ४५ वटा वडाको अध्यक्ष पदमा विजयी भएको छ ।

नेकपा एकीकृत समाजवादीले दुई वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै एकीकृत समाजवादीले चार वटा नगरपालिकाको उपमेयर र १० वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ । जनता समाजवादी पार्टीले आठ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । बाँकी पालिकाहरूमा जनमोर्चा, नेमकिपा, राप्रपा लगायतका दल र स्वतन्त्र उम्मेदवारले जितेका छन् । उपहार खबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.