

डोटीको शिखर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
मेयरमा कांग्रेसका दीर्घबहादुर बलायरले ६५६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भीमबहादुर वलायर ४५९१ मत ल्याए ।


मेयरमा एकीकृत समाजवादीका सागरप्रसाद भट्ले ३०२ र राप्रपाका गिरिबहादुर रोकायाले ४२ मत पाए ।

यस्तै उपमेयरमा पनि कांग्रेसका सुनिता रावल विजयी भएकी छन् । उनले ६४२६ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी लक्ष्मीदेवी मल्लले ४६४५ मत पाइन् । तेस्रो भएको माओवादीका रमेशप्रसाद जोशीले जम्मा ३६६ मत पाए । अनलाइनखबर बाट सभार
