

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै जानु भएको छ ।

पछिल्लो मत परिणामअनुसार शाहले १४ हजार ४ सय ५८ मत ल्याउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६ हजार ६ सय ६ मतले अगाडि हुनुुहुन्छ । स्थापितले अहिलेसम्म ७ हजार ८ सय ५२ मत प्राप्त गर्नु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९ सय मत प्राप्त गर्नु भएको छ । उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले १२ हजारभन्दा धेरै मत ल्याउनु भएको छ । उज्यालो अनलाइन बाट सभार
