

काठमाडौं । चितवनको भरतपूर महानगरपालिकामा मतगणना जारी छ । केही बेर अघि सुरु भएको गणनामा ५५ मत गनिसकिएको छ ।

उक्त मत गन्दा नेकपा(एमाले) का उमेदवार विजय सुवेदीले २३ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट उमेदवार बनेकी माओवादी नेतृ रेनु दाहालले १९ मत प्राप्त गरेकी छिन् । कांग्रेसबाट बागी बनेर स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।
यहाँ ६ मत बदर भएको जनाइएको छ । बाह्रखरी बाट सभार

