सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिम्बाबे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

209
Sana Kishan

वैशाख, काठमाडौं । जिम्बाबे ‘ए’विरुद्धको शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

त्रिवि मैदानमा पानी जमेपछि ढिला गरी टस भएको खेल ३३ ओभरमा झारिएको छ । खेल साढे १२ बजेदेखि सुरु हुँदैछ ।

 

Arus

आजको खेलमा नेपाली टिममा दुई परिवर्तन गरिएको छ ।

Karnali Traders

यसअघि शनिबार भएको दोस्रो खेलमा नेपालले जिम्बावे ‘ए’लाई ९ विकेटले पराजित गरेको थियोे । त्यसअघि पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । आजको नतिजाबाट शृंखला विजेताको टुंगो लाग्नेछ ।

तीन खेलको टी–२० शृंखलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी–२० शृंखलामा दुवैले एक–एक खेल जित्दै शृंखला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

नेपालको सुरुवाती–११
सन्दीप लामिछाने (कप्तान), वरिस अहमद, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, सुनिल धमला अनलाईन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.