सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आइपिएल क्रिकेटमा बैंगलोरले हैदराबादलाई ६७ रनले हरायो

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादमाथि ६७ रनको जित हात पारेको छ। ​बैंगलोरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ दशमलव ४ ओभरमा अलआउट भएपछि बैंगलोरले ६७ रनको जित हात पारेको हो।

हैदराबादलाई सस्तैमा समेट्ने क्रममा बैंगलोरका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ५ विकेट लिए। जोश हेजलवुडले २ तथा ग्लेन म्याक्सवेल र हर्षल पटेलले १÷१ विकेट लिए।

Sana Kishan

हैदराबादका लागि ब्याटिङतर्फ राहुल त्रिपाठीले सर्वाधिक ५८ रनको योगदान गरे। एडेन मार्करमले २१ रन जोड्दा निकलस पुरनले १९ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

World Link Ads
Mahakali Polytechnic

यसअघि मुम्बईस्थित वानखेडे रंगशालामा आइतबार साँझ टस जितेर ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनायो। बैंगलोरका फाफ दु प्लेसिसले अविजित रहँदै सर्वाधिक ७३ रनको विस्फोटक ब्याटिङ गरे। ५० बलको सामना गरेका उनले ८ चौका र २ छक्का प्रहार गरे।

Dirghayu Ads

रजत पतिधरले ४८ तथा ग्लेन म्याक्सवेलले ३३ रनको योगदान गरे। दिनेश कार्तिकले अविजित ३३ रन जोडे। बलिङतर्फ जगदिशा सुचितले २ तथा कार्तिक त्यागीले एक विकेट हात पारे। थाहा खबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.