सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जिम्बाब्वेमाथि नेपालको ऐतिहासिक जित

123
Sana Kishan

जिम्बाब्वे ‘ए’विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । योसँगै नेपालले जिम्बाब्वेविरुद्ध इतिहास रचेको छ । यसअघि नेपालले जिम्बाब्वेलाई ९ विकेटले कहिले पनि हराएको थिएन ।

ऐतिहासिक जित निकाल्ने क्रममा जिम्बाब्वेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सुनिल धमलाले ३८ बलमा ६ चौकाको सहयोगमा ३८ रन बनाए । त्यस्तै, अर्का प्रारम्भिक ब्याटर आसिफ शेखले ३१ बलमा ६ चौकासहित अविजित ३४ रनको योगदान दिए ।

Arus

विनोद भण्डारी ४ रनमा नटआउट रहे । जिम्बाब्वेका लागि ब्रेण्डन मभुताले मात्र एक विकेट लिन सके । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको जिम्बाब्वेले ३१.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो ।

Nepali Khaja
Karnali Traders

उसका लागि जोनाथन क्याम्पबेलले २७, ब्राड इभन्सले अविजित २० र केफास जुवाओले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । जिम्बाब्वेको इनिङ्सलाई ध्वस्त पार्न करण र सोमपालको जोडी गज्जबले चम्कियो ।

करणले आठ ओभरमा ३ मेडनसहित १७ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । उनले पहिलो बलमै विकेट लिँदै नेपाललाई शानदार सुरुवात दिलाएका थिए । त्यस्तै, सोमपालले ७ ओभरमा १६ रन दिएर ३ विकेट हात पारे । त्यस्तै, कप्तान सन्दीप लामिछानेले दुई र सागर ढकालले एक विकेट हात पारे ।

यो जितसँगै नेपालले तीन खेलको सिरिज १–१ को बराबरी ल्याएको छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । नेपाल र जिम्बाब्वेबीचको निर्णाय खेल सोमबार हुनेछ । खबर बोर्ड बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  34  =  37