सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यकः प्रधानमन्त्री शेरबहादुर देउवा

106
Sana Kishan

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएका छन्।

उनले वर्तमान गठबन्धन राष्ट्रिय आवश्यकता बनेको बताउँदै सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायीरूपमा जोगाउन पनि गठबन्धन आवश्यक रहेको बताएका हुन्।

Arus

नेपाली कांग्रेस सहितको पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले गठबन्धनको भविष्यबारे कसैले पनि शंका नगर्न आग्रह गरे।

Nepali Khaja

प्रधानमन्त्री देउवाले यो गठबन्धनलाई टिकाएर लैजान निर्वाचनमा सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए।

उनले नेपाली कांग्रेसको महाधिवेशनले नै वर्तमान अवस्थामा गठबन्धन आवश्यक रहेको र यसलाई बलियो बनाएर चुनावमा जाने निर्णय गरेको धारणा पनि राखे।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विपक्षी राजनीतिक दलहरूले सरकारका कामको विरोध जनाउन बित्तिकै संसद भंग गर्ने गरेकाले उक्त कदमलाई रोक्नकै लागि गठबन्धन बनाएको स्पष्ट पारे।

Karnali Traders

लष्अ
‘लहडका भरमा संसद भंग गर्न संविधानले दिँदैन, अदालतले न्याय गरेर संसद पुनःस्थापना गरिदियो तर, संसद चल्न दिएको छैन,’ उनले भने।

उनले अहिले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्थाः नरहेको उल्लेख गर्दै संसदमा कसैको पनि बहुमत नरहेकाले पनि गठबन्धन आवश्यक रहेको बताए।

यस्तै प्रधानमन्त्री देउवाले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

हालै संसदबाट पारित भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बिनाब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट गर्दै यसले नेपाललाई अमेरिकाले दिने सहयोग थप बढ्दै जाने बताए। यस्ता अनुदान सहयोगका परियोजनाका काम राम्रोसँग पारदर्शी ढंगले भएमा अमेरिकालगायत धेरै मुलुकबाट समेत अनुदान सहयोग आउने उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले एमसिसीले सबैभन्दा फाइदा यसै क्षेत्रका जनतालाई हुने बताउँदै यो परियोजनाले बुटवलदेखि भालुवाङ हुँदै लमहीको दाङ देउखुरीसम्म अत्यन्तै बलियो, महत्वपूर्ण चौडा सडक छिट्टै नै बिस्तार हुने बताए।

उनले देशैभरिका भूमिहीन, अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि सरकारले भूमि आयोग गठन गरेर आयोगले सक्रियतापूर्वक काम गरिरहेको र छिट्टै सुकुम्बासी समस्या समाधान हुने जानकारी दिए। सेतोपाटी बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  30  =  40