सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पालिका चुनाव : मत खसाल्ने मुख्य दिन आउन अब ६ दिन मात्रै बाँकी

90
Sana Kishan

पालिका चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । चुनावको मत खसाल्ने मुख्य दिन आउन अब ६ दिन मात्रै बाँकी छ । पालिकाको चुनावका लागि आवश्यक मतपत्र ढुवानीको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।

७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले मतपत्र छपाइ भएको ठाउँ भक्तपुरको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि मतपत्र ढुवानी गरी सुरक्षा प्रबन्धका साथ पठाएको हो ।

Arus

सडकमार्ग सहज नभएका जिल्लामा हवाई मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराएर चाँडै स्थानीय केन्द्रमा ढुवानी गर्ने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिनुभयो ।

Nepali Khaja
Karnali Traders

निर्वाचन आयोगका प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । ती कार्यालयका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएको छ । कार्यालयहरूले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी अन्तिम चरणमा पुर्याएको जनाएका छन् ।

निर्वाचन सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमुना मतदानको तयारीलगायतका काम भइरहेका छन् । प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् ।

प्रदेश निर्वाचन कार्यालय रहेका ठाउँमा जिल्ला निर्वाचन कार्यालय राखिएको छैन। सगुन खबर बाट सभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

76  +    =  85