सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जिम्बाब्वेविरुद्ध नेपालले टस जित्यो

84
Sana Kishan

जिब्बाब्वे ‘ए’ सँगको वानडे सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल–जिब्बाब्वेबीचको खेल साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ ।

दोस्रो खेलमा नेपालले सुशन भारी र आदिल अन्सारीलाई विश्राम दिँदै सुनिल धमला र विनोद भण्डारीलाई मौका दिएको छ । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल उत्कृष्ट कमब्याक गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा बलिङमा राम्रो गरेको नेपालले ब्याटिङमा भने निकै खराब प्रदर्शन ग¥यो ।

Arus
Karnali Traders

उत्कृष्ट सुरुवातका बाबजुद ब्याटिङमा नेपाल १३६ रनमै समेटिएको थियो । सिरिजमा जीवितै रहन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । जिम्बाब्वे भने आज जित हात पार्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । शुक्रबार भएको पहिलो एकदिवसीयमा नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बाब्वेले २६ ओभरममा ७ विकेट गुमाएर पूरा ग¥यो ।

Nepali Khaja

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, सुनिल धमला, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, करण केसी, सन्दीप लामिछाने (कप्तान), र सागर ढकाल । खबर बोर्ड बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

6  +  4  =