सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

गठबन्धन वर्षौँसम्म आवश्यक छ : शेरबहादुर देउवा

71
Sana Kishan

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन वर्षौँसम्म आवश्यक रहेको जिकिर गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट आज शुक्रवार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘संविधानको अहिलेको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो छ । तसर्थ पनि देशका लागि गठबन्धन आवश्यक छ । युरोपका कतिपय देशमा पनि यस खालको संस्कृति छ ।’

देउवाले सबै मिलेर सत्ता गठबन्धनलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । विगतमा आफूले एक्लै चुनावमा जाने रहर गर्दा पराजित भएको बताउँदै उहाँले वाम गठबन्धन गरेर एमालेसँग एकता गर्दा माओवादीले दुःख पाएको सुनाउनुभयो ।

Arus

कांग्रेसको केही समयअघि सम्पन्न १४ औँ महाधिवेशनले पाँच दलीय गठबन्धनको आवश्यकता महसुस गरी सर्वसम्मतिले यससम्बन्धी प्रस्तावलाई पारित गरेको र केन्द्रीय समितिले पनि यसलाई अधिकार दिएको देउवाले जानकारी दिनुभयो ।

Nepali Khaja
Karnali Traders

देशको सङ्घीय राजधानीसमेत रहेको काठमाण्डौ र अर्को महानगर भरतपुरको मेयरमा महिला उम्मेदवारलाई टिकट दिएर गठबन्धनले राम्रो काम गरेको बताउँदै उहाँले मतदातासमक्ष विजयी गराउन आह्वान गर्नुभयो ।

काठमाण्डौ महानगरको मेयरको उम्मेदवार सिर्जना सिंहका सन्दर्भमा उहाँले कसैको घरमा विवाह गरेर बुहारी बन्नु उहाँको दोष नभएको र त्यसैका आधारमा अवसरबाट वञ्चित गर्न नहुने उल्लेख गर्नुभयो ।

त्यसैगरी भरतपुर महानगरको मेयरको उम्मेदवार रेनु दाहालले राम्रो काम गरेको प्रशंसा गर्दै उहाँले कहाँ जन्म हुने भन्ने कुरा कसैको हातमा नहुने हुँदा त्यस आधारमा आरोपित गर्न नहुने स्पष्ट पार्नुभयो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  3  =  13