सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्वाचन अवधिभर रसुवामा मादकपदार्थ बिक्री वितरण गर्न नपाइने

रसुवामा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न नपाइने भएको छ। निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो।

Sana Kishan

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार यही बैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न पाइने छैन। मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएको हो।

उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रसुवाले सूचनामार्फत जानकारी गराएको छ। हिमनाथ देवकोटाले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.