सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मतदाताको शीर झुक्ने काम गर्दिनँ : सिर्जना सिंह

84
Sana Kishan

काठमाडौं महनगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले महानगरलाई महान घर बनाउने योजना साकार पार्ने बताएकी छिन् । काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सिंहले महानगरलाई भ्रष्टाचारमुक्त बनाइ असल शासनको स्थापना गर्ने बताइन्।

उनले भनिन्, ’महानगरलाई महान घर बनाउने योजना छ । यहाँका संस्कृति सभ्यता जगेर्ना गर्ने सोच छ । महानगरभित्र मेयर भएर गइसकेपछि सुशासन कायम हुन्छ । चुस्तदुरुस्त सेवा प्रवाह हुन्छ ।’ उनले समावेशी संविधानको भावनाअनुसार अघि बढ्ने बताइन् । महिलालाई सिपमुलक तालिममा अग्रसर गराउने सिंहले दावी गरिन्।

Arus
Karnali Traders

उनले मतदाताको शीर झुक्ने गरी काम नगर्ने बाचा गरिन्। ’ स्थानीय चुनाव जिते भने मतदाताको शीर झुक्ने काम गर्दिनँ,’उनले भनिन्,’ मतदाताको सल्लाह र सुझावअनुसार अघि बढ्छु।’

Nepali Khaja

हरेक आन्दोलनमा युवाको भूमिका अग्रणी रहेको भन्दै बेरोजगारी समस्याको हल गरिने बताइन् । काठमाडौं सहर भनेको भौतिक पूर्वाधारसम्पन्न भएको भन्दै यसको व्यवस्थित परिचालन गरिने बताइन् । प्रत्येक वडामा जेष्ठ नागरिक भवन बनाउने सिंहको योजना छ । अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

64  +    =  69