सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

टाउको झुकाउनु नपर्ने गरी काम गरेँ, फेरि पनि हाम्रो जित सुनिश्चित छ : रेणु दाहाल

74
Sana Kishan

भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेनु दाहालले महानगरवासीको साझा जनप्रतिनिधिकारुपमा काम गरेको बताएकी छिन् । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै दाहालले भरतपुर महानगरलाई गर्व गर्न लायक महानगर बनाएको दावी गरिन्।

‘महानगरवासीको साझा जनप्रतिनिधिकारुपमा काम गरेँ । टाउको झुकाउनुनपर्ने गरी काम गरेँ । सडक पूर्वाधारको क्षेत्रमा ६२२ किमी सडक खण्ड निर्माण गरेका छौं । पौने ४ अर्बको खानेपानीका योजना अघि बढाएका छौं ,’ उनले भनिन्,’ नारायणी तटबन्धनको योजना अघि बढाएका छौं । ’

Arus
Karnali Traders

दाहालले युवालाई विदेश पलायनबाट रोक्न विदेशको सीप नेपालमा लगानी कार्यक्रम अघि बढाइएको बताइन् । शिक्षाको क्षेत्रमा भरतपुरका सामुदायिक विद्यालयको सवलीकरण गरिएको बताइन् । शिक्षामा १५ प्रतिशत बजेट पु¥याइएको बताइन् ।

Nepali Khaja

उनले भनिन्, ’साझा गठबन्धनको संयुक्त उम्मेदवार बनेको छु । रोजगारीको अवसर सृजना गर्न रोजगार बैंक स्थापना गर्ने हो । । भरतपुरलाई आर्थिक विकासको केन्द्र बनाउने सोच छ । आश्वासनको पोका दिँदैनौ । जे बोल्छौं त्यो गर्छौं ।’

उनले इमान्दारितापूर्वक राम्रो गर्ने कोशिस गर्दा गर्दै पनि कहिलेकाहीँ अपुग भएको बताइन्। उनले भनिन्, ’हाम्रो जित सुनिश्चित छ । सबै वडामा साझा गठबन्धनका उम्मेदवार तय गरेका छौं । हाम्रोमा विवाद छैन ।’ अन्नपूर्ण पोस्ट बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

7  +  3  =