

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले स्थानीय तह निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने १२ जना उम्मेदवारलाई कारबाही गरेको छ ।
बागी उम्मेदवार दर्ता गर्ने १२ जना उम्मेदवार तथा प्रस्तावक र समर्थक बस्नेहरुलाई कांग्रेसको विधान अनुसार पार्टीको सदस्य समेत नरहने गरी निष्काशित गरिएको नेपाली कांग्रेस कञ्चनपुर जिल्ला अनुशासन समिति संयोजक नाफुसिंह साउँदले जानकारी दिए ।


उनका अनुसार कारबाहीमा पर्नेमा बैलौरीका पुष्कल चौधरी, पुनर्वासका श्रवण राना, भीमदत्तकी लक्ष्मी मल्ल, कृष्णपुरका शिवलाल राना, कृष्णपुरकै उपेन्द्र मल्ल, पुनर्वासका पान बहादुर ओड र बेलडाँडीका पुष्पकमल पण्डित रहेका छन् ।

यस्तै कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने दोधाराचाँदनीकी चम्पा थापा, पार्वती रानामगर, मानसिंह साउँद, भीमदत्तका कैलाश चन्द र रामचन्द्र बोहरा पनि निष्काशनमा परेका छन् । दैनिक सञ्चार बाट सभार
