सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस एक्लैको बहुमत आउन सक्दैन, त्यसैले गठबन्धनलाई अगाडि लानुपर्छ : प्रधानमन्त्री शेरबहादुर देउबा

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले कसैलाई धोका नदिने स्पष्ट पारेको छन्।विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘कांग्रेसको नेतृत्वमा गठबन्धन सञ्चालन भएको छ। गठबन्धनलाई धोका दिन हुँदैन। कांग्रेस पार्टीले कसैलाई धोका दिँदैन है। बरु कांग्रेस पार्टी धोका खाएको होला, धोका दिँदैन। त्यसकारण कांग्रेसको टाउकोमा धोकेबाज भन्ने ‘ब्लेम’ नलागोस्।’

गठबन्धनप्रति चित्त नबुझे पनि इमान्दार बनेर कसैलाई धोका दिन नहुने उनको भनाइ छ। अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय आवश्यकताअनुसार अनुसार बनेको बताए।

Sana Kishan

उनले भने, ‘तपाईहरुलाई थाहा होला। म चाहँदैनथेँ, सबैले ओलीलाई हटाउनु पर्यो भनेपछि म लागेको हुँ ‘मलाई प्रधानमन्त्री बन्ने रहरै थिएन। सबै साथीहरुले सहयोग गरेपछि म भएको हो। आज कुनै डर त्रास छैन। त्यसबेला ओलीको खिलापमा बोल्न र पत्रकारहरू लेख्न समेत डराउँथे।’

World Link Ads
Mahakali Polytechnic

निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बनेपछि ६५ बर्षमा वृद्धभत्ता दिने व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरे।

Dirghayu Ads

‘पहिला पनि मैले ६५ वर्षमै वृद्धभत्ता दिने व्यवस्था गरेको थिए। तर ओली सरकारले त्यसलाई स्वीकार गरेन’ उनले भने, ‘कांग्रेस एक्लैको बहुमत आउन सक्दैन। त्यसैले गठबन्धनलाई अगाडि लानुपर्छ।’ गोदावरी न्युज बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.