सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिम्बावे ’ए’ लाई नेपालले ८ विकेटले हरायो

नेपालले तेस्रो ट्वान्टी–२० खेलमा जिम्बावे ’ए’ लाई ८ विकेटले हराएको छ । जिम्बावेले दिएको १३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि आसिफ शेखले नटआउट रहँदै सर्वाधिक ८७ रन बनाए ।

५४ बल सामना गरेका उनले १३ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै कुशल भुर्तेलले ३४ रन बनाए । बसिर अहमदले १० रन बनाए । जिम्बावेका लागि ल्युक जोंग्वे र ब्रान्डन माभुटाले १–१ विकेट लिए ।

Sana Kishan

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१६ रन बनाएको थियो । जिम्बावेका लागि रोय कायाले सर्वाधिक ४९ रन बनाए । त्यस्तै तादिवानाशे मारुमनीले २७ रन बनाउँदा ल्युक जोंग्वले २३ रन बनाए । त्यस्तै इनोसेन्ट कायाले १४ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

World Link Ads
Mahakali Polytechnic

नेपालका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिएका थिए । त्यस्तै सोमपाल कामी र बसिर अहमदले १÷१ विकेट लिए । तीन ट्वान्टी–२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो ।

नेपाल र जिम्बावे ’ए’ बीचको तीन एकदिवसीय शृंखलाको पहिलो खेल शुक्रबार हुनेछ । जिम्बावेको कुनै पनि टोली नेपालमा आएर पहिलो पटक खेलिरहेको छ । टोनी मुनिओङ्गाको कप्तानीमा रहेको जिम्बावे ‘ए’ को प्रशिक्षकमा पूर्व टेस्ट खेलाडी डगलस होन्डो रहेका छन् ।ekantipur.com बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.