सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना

94
Sana Kishan

एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ ।

यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नका लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

Arus
Karnali Traders

यो योजना वैशाख १६ गतेदेखि सञ्चालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमाबुवाको नागरिकताको फोटोकपि, एक प्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टहरुबाट यो पहिलो सिम लिन सक्छन् ।

Nepali Khaja

कर सहित मात्र ४८ रुपैयाँमा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले १० रुपैयाँको ब्यालेन्स सहित सामाजिक सञ्जाल (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्न ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्म) को फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

  +  20  =  24