सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

प्रमुख पदमा निर्विरोध हुनेमा एकीकृत समाजवादी अगाडि

60
Sana Kishan

वैशाख ३० गते हुने निर्वाचनमा एकीकृत समाजवादी प्रमुख पदमा सबैभन्दा धेरै सिटमा निर्विरोध निर्वाचित भएको छ। यद्यपि कूल निर्विरोध संख्याका हिसाबले अन्य दल अगाडि छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार ७५३ स्थानीय तहमध्ये एकीकृत समाजवादी दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ। त्यस्तै, उक्त पार्टीबाट ६ वडाध्यक्ष, १२ खुल्ला सदस्य, ७ महिलासदस्य, ६ दलित महिलासदस्य गरी कूल ३४ निर्विरोध निर्वाचित भएका छन्।

Arus
Karnali Traders

प्रमुख पदमा निर्विरोध निर्वाचित हुनेमा एमाले दोस्रो स्थानमा छ। एमालेबाट एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष, १४ वडाध्यक्ष, २६ खुला सदस्य, २३ महिला सदस्य र ५७ दलित महिला सदस्य गरी कुल १२३ जना निर्विरोध निर्वाचित भएका छन्। कूल निर्विरोध संख्याका हिसाबले एमाले सबैभन्दा अगाडि छ।

Nepali Khaja

त्यस्तै कांग्रेस वडा सदस्यमा ३७, महिला वडा सदस्यमा १५, दलित महिला सदस्यमा ४०, वडाध्यक्षमा १४, उपाध्यक्षमा १ गरि १०७ पदमा निर्विरोध निर्वाचित भएकोछ। देशभर ३५३ पदमा अन्य दलले उम्मेदवारी नदिँदा निर्विरोध चयन भएका छन्। नेपाल लाइभ बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

6  +  4  =