सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एक करोड ३२ लाख मतपत्र ६४ जिल्लामा पुगे

स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा मतपत्र पुगेका छन्।

निर्वाचन आयोगले देशभर मतपत्र पु¥याउन काम भइरहेको जनाएको छ। अहिलेसम्म ६४ जिल्लामा एक करोड ३२ लाख २१ हजार मतपत्र पठाएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

अब काठमाडौं उपत्यका र मधेश प्रदेशका जिल्ला मात्रै मतपत्र पठाउन बाँकी रहेको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

काठमाडौंबाट एकै दिनमा मतपत्र पठाउन सकिने ठाउँमा मात्रै बाँकी रहेको अर्यालले जानकारी दिए।

उपत्यकाका तीन जिल्ला र मधेश प्रदेशका आठ जिल्लामा काठमाडौंबाट एकै दिनमा मतपत्र पु¥याउन सकिने भएकाले केही दिनमा पठाइने उनको भनाइ थियो।

यससँगै ६ वटा महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र पनि छपाइ भइरहेको आयोगले जनाएको छ।

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र छाप्न थालेको हो। गोदावरी न्युज बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.