

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन्। उनी चुनावी सभालाई सम्बोधन गर्न धनगढी आउने भएका हुन्।

अध्यक्ष ओलीले धनगढी उपमहानगरपालिकासहित कैलालीको बर्दगोरिया गाउँपालिका र कञ्चनपुरको महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

अध्यक्ष ओली आउने भएपछी एमालेका नेताहरु त्यसको तयारी मा जुटेका छन् । अध्यक्ष ओली ले सभाहरुलाई सम्बोधन गर्दा जनमत बढन सक्ने एमालेको अपेक्षा रहेको छ । गोदावरी न्युज बाट सभार
